काठमाडौँ- निक्षेप सदस्यहरुले असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे खाता फ्रिज हुने बताए पछी लगानीकर्ताहरु डिम्याट खाता नविकरण गर्नेमा अन्योल सिर्जना भएको छ ।
प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्छ भने मेरो शेयरको खाता आफुले खोलेको मितिले वर्षको अन्त्यमा नविकरण गर्नुपर्छ । दुवै खाता एकै पटक नविकरण गर्न पनि सकिने ब्यबस्था मेरो शेयरमा रहेको छ । डिम्याट खाताको नविकरण शुल्क वापत रु १०० र मेरो शेयरको नविकरण वापत रु ५० लाग्नेछ।
मेरो शेयरबाट डिम्याट र मेरो शेयरको खाता नविकरण गर्न तरिका:
मेरो शेयरको एप्लिकेशन वा www.meroshare.cdsc.com.np मार्फत लग-इन भए पछी माथिल्लो दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल क्लिक गर्नुहोस्।
त्यसपछी रिन्यू एकाउण्टमा क्लिक क्लिक गर्नुहोस् ।
रिन्यू एकाउण्टमा क्लिक क्लिक गरिसकेपछि कनेक्ट इसेवा, आईएमई पे, प्रभु पे, खल्ती, आईपिएस मध्ये कुन माध्यमबाट भुक्तानी गर्न सकिन्छ ।
लगानीकर्ताले मेरो शेयरको लागि १ बर्ष देखि ५ बर्ष र डिम्याटको लागि १ बर्ष देखि जति बर्ष अवधि सम्मका लागि नविकरण गर्न सक्ने सुविधा रहेको छ ।







