काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ८९२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार १८७ पीसीआर परिक्षणबाट १ हजार ८८९ र ४ हजार ३८१ एन्टीजेन विधिबाट १ हजार ३ गरी कुल २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३ हजार ५९७ जना निको भएका छन्।





