काठमाडौँ- यूनियन लाइफ इन्स्योरेन्सकोले साधारण शेयर(आईपीओ) निस्काशन गर्ने भएको छ। सर्वसाधारणले असार २४ गते बाट २८ गते सम्म आवेदन दिन सक्ने छन् । यो अवधिमा पूर्ण आवेदन नपरेमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेर बाँकि ५८ लाख ५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानी कर्ताले साधारण शेयरका लागि न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कसरी दिने आवेदन
आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।
यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा आफ्नो बैंक खाता भएको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।