अब नेपालको भिसा अन्तराष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय तथा विधुतीय

काठमाडौँ- अब नेपालको भिसा अन्तराष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विधुतीय भिसा लागू गर्न सकिने भएको छ।

अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ बर्ष देखि प्रचलनमा रहेको हस्त लिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणालीमा प्रवेश गरेको छ। आज अध्यागमन बिभागमा आयोजित कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका हुन्। पहिलो भिसा पोर्चुगिज नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरिएको छ।

क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न  गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने प्रणालीबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रबाह छिटो छरितो हुनेछ । कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यु आर कोड मा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसंग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ।

अब नेपालको भिसा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विद्धुतीय भिसा  लागू गर्न सकिने भएको छ। हाल बिभागबाट शुरू भएको यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देश भरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना रहेको छ ।

यो प्रणालीले नेपाली अध्यागमनलाई नयाँ युगमा प्रवेश गराएको छ। सरकारी सेवालाई विद्युतिय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा दिने विचार उपप्रधानमन्त्रीले उक्त अवसरमा ब्यक्त गर्नु भएको थियो। वँहाले भिसामा गरिएको प्रविधियुक्त सुधारले  नेपाली भिसालाई अन्तराष्ट्रिय स्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन बल पुग्ने र नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमा समेत सकारात्मक योगदान दिने कुरा व्यक्त गर्नु गरेका छन्।

नेपाललाई बिदेशिले चिन्ने पहिलो आखाँ अध्यागमन, अन्तर्राष्ट्रिय एअरपोर्ट र अध्यागमन प्रशासन भएकोले यसको सुधारले सेवा प्रवाहमा सकारात्मक परिवर्तन आई सेवाग्राहीले सुधारको महशुस गर्ने छन। वर्तमान सरकारको डिजिटल नेपाल फ्रेमवर्क वमोजिम नै यो सेवा प्रारम्भ भएको छ र आगामी दिनमा सवै सरकारी सेवा विद्युतिय माध्यमबाट दिने कार्यमा नेपाल सरकारले तिब्र रुपमा काम गरि रहेको कुरा पौडेलले ब्यक्त गरे।

नेपालको अध्यागमन सेवालाई आधुनिक,विश्वसनिय, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य बमोजिम यस भन्दा पुर्व नेपाली पोर्टको समुद्घघाटन प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका थिए।

उक्त कार्यक्रममा गृह सचिव, बिभागका महानिर्देशक सहित गृह मन्त्रालयका उच्च पदस्थ कर्मचारीको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया