काठमाडौँ- गत साता नेपाल धितोपत्र बोर्डले जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरे संगै निरन्तर ओरालो लागेको शेयर बजार रोकिएको छैन । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७१.०६ अंकले घटेको छ।
आज शेयर बजार २.४५ प्रतिशतले घटेर २८३४.४१ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ८.३६ अंकले घटेर ५२०.१८ विन्दुमा झरेको छ ।
त्यस्तै सर्वाधिक शेयरमूल्य बढ्नेमा भने नारायणी विकास बैंक लिमिटेडको रहेको छ । नारायणीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर ७१७ मा कारोबार भएको हो । भने पोखरा फाईनान्स को शेयर मुल्य ९.२६ प्रतिशतले घटेर अन्तिम मूल्य रू ५८८ कायम भएको हो ।
आज ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार नेपाल रीईन्सुरेन्स कम्पनिको भएको छ । उक्त कम्पनीको रू. १ अर्ब ३० करोड ६१ लाख १५ हजार माथिको शेयर कारोबार भएको छ ।
आज सबै परिसुचक घटेका छन् ।