काठमाडौं । जेठ मसान्त भित्रै विभिन्न तहका नतिजा सार्वजनिक गर्ने भनेको त्रि.विले आन्तरिक तयारी नपुगेको भन्दै नतिजा प्रकाशन गरेको छैन ।
कोरोना महामारीका कारण प्रभावित बनेको त्रि.वि.ले योजना अनुसार तयारीमा केही समस्या देखिएकाले स्नातक तह देखि अन्य केही नतिजा प्रकाशनमा समस्या उत्पन भएको जनाएको छ ।
यद्यपी तयारी अन्तिम चरणमा पुगेकाले जतिसक्दो छिटो नतिजा प्रकाशन हुने त्रि.विले भनेको छ । नतिजा प्रकाशनसँगै त्रि.विले स्थगित परिक्षाको तालिका पनि प्रकाशन गर्ने तयारी गरेको छ ।