काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४०७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ५१५ पीसीआर परिक्षणबाट १ हजार ६९४ र ४ हजार ८८९ एन्टीजेन विधिबाट ७१३ गरी कुल २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३ हजार ९९४ जना निको भएका छन्।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६८ हजार ९९५ जना रहेका छन्





