काठमाडौँ- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
विपक्षी गठवन्धनले शुक्रबार साँझ नै ३१ सांसदको हस्ताक्षर सहित बहुमतको दाबी बुझाएका थिए।
त्यस्तै, प्रदेशसभामा विश्वासको मत लिन नसकेर बिहिबार पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।