काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्केको देखियो है भनेका छन् ।
शुक्रबार विश्वासको मत लिन नसकेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले मुख्यमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरे पछी शनिबार समाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले “ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं!”