काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ३८४ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ५०६ पीसीआर परिक्षणबाट २ हजार ३८२ र ५ हजार ९८८ एन्टीजेन विधिबाट १ हजार २ गरी कुल ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार २९५ जना निको भएका छन्।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ जना रहेका छन्