केही दिन भित्रै त्रि.वि. का रोकिएका परिक्षाको तालिका सार्वजनिक हुँदै

काठमाडौं । त्रि.वि. ले स्थगित परिक्षाको तालिका सार्वजनिक गर्ने तयारी थालेको छ । कोरोना महामारीका मारण स्नातक दोस्रो बर्ष सहित सेमेष्टरका परिक्षा रोकिएका थिए । आधा भन्दा बढि विषय दिइसकेर पनि संक्रमण तीव्र फैलिदा जादा सरकारले नियन्त्रण लागि बैशाख १८ गते देखिका सबै परिक्षा रोकेको थियो ।

अब तिनै रोकिएका परिक्षा कहिले हुने भनेर त्रि.विले परिक्षा तालिका सार्वजनिक गर्न लागेको हो । त्रि.वि. परिक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक दोस्रो बर्षमा रोकिएका परिक्षा तालिका अबको केही दिनमै सार्वजनिक हुनेछन् भने अन्य परिक्षा सूचना पनि त्रि.विले केही दिनभित्रै निकाल्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया