सीईडीबीकाे शेयर दोस्रो बजारमा कारोबार, कति पायो ओपनिङ्ग रेन्ज?

काठमाडौँ- सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर कारोबार आज बुधबारबाट दोस्रो बजारमा पहिलो कारोबार भएको छ।

पहिलो दिन बुधबार सीईडीबी हाइड्रोपावरको प्रतिकित्ता शेयर रु ४१६ मा प्री-ओपनिङ्ग भएको थियो। केहि समयमा ९.८६ प्रतिशत अर्थात्  ४१ रुपयाँले बढेर ४५७ रुपयाँमा कारोबार भईरहेको छ । कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले प्रति शेयर न्युनतम मा रु. १३८.७९ देखि अधिकतममा रु. ४१६.३७ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

कम्पनीले बैशाख १७ गते देखि  २१ गते सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला गरेको थियो ।

नेप्सेले कम्पनी शेयरलाई सिएचडिसी (CHDC) कारोबार संकेत प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया