परिक्षा फारम भर्न विद्यार्थीलाई समस्या, न त्रि.वि.को फोन उठ्छ, न सम्बन्धित कलेजको

काठमाडौं । परिक्षा सञ्चालनका लागि भन्दै त्रि.वि.ले खुलाएको अनलाइन फारममा विद्यार्थीले विभिन्न असहजता भोगिरहेका छन् । कतिपय विद्यार्थीलाई परिक्षा फारम कसरी भर्ने भन्ने समेत थाहा नभएको पाइएको छ भने कतिपयले सही तरिकाले रष्जिट्रेशन नम्बर राख्न नजादा फारम समिट हुनमा समेत समस्या देखिएको छ । त्रि.विका विद्यार्थी भावी शर्माले आफ्नो फर्म भर्ने बेला सहि तरिकाले रष्जिट्रेशन नम्बर राख्न नजादा पटक पटक समस्या भोगे ।

त्यस्तै त्रि.वि. कै अर्की विद्यार्थी कैलाकी विमला भट्टले कलेज रष्जिट्रेशन नम्बर नम्बर उपलब्ध नगराएको गुनासो गरिन् । रष्जिट्रेशन नम्बर बारे बुझ्न कलेजमा फोन गर्दा कलेजले फोन नउठाउने र त्रि.विमा आवश्यक जानकारी लिन फोन गर्दा पनि फोन नउठ्ने समस्या धेरै विद्यार्थीले भोगीरहेका छन् । यि त केही प्रतिनिधि उदाहरण मात्र हुन् । परिक्षा फारम सन्दर्भमा विद्यार्थीले अहिले विभिन्न किसिमका झमेला भोगीरहेका छन् । त्रि. वि ले फारम भर्न समस्या परेको खण्डमा सहयोग लागि सम्पर्क कर्मचारीको नम्बर समेत नदिदा विद्यार्थी अन्योलमा परेका हुन् ।

कतिपय विद्यार्थीले यसअघि कलेज मार्फत फारम भरेपनि फेरी दो¥याएर भर्दा फारम नलिएको गुनासो गरेका छन् । जबकी कलेजमा परिक्षा फारम भरेर बुझाएका विद्यार्थीले फेरी फारम भर्नु पर्दैन । विधार्थीमा देखिएको यो अन्योलता चिर्न परिक्षा नियन्त्रण कार्यालयले सहयोग र सहजीकरणका लागि कर्मचारी खटाउनुपर्ने आम विद्यार्थीको गुनासो छ ।

तपाईको प्रतिक्रिया