कृषिमा उत्पादनमूलक कार्यक्रम र उचित नीतिको खाँचो

काठमाडौ-  कृषि क्षेत्रका विज्ञ तथा व्यबसायीहरुले व्यबसायीक कृषिका लागि उत्पादन मुलक कार्यक्रम र नीतिको खाँचो औल्याएका छन् ।

उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आबश्यकतामा पनि जोड दिएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्र कुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताएका छन् ।
, उनले मन्त्रालयले १० लाख भन्दा कम रकम सहुलियत व्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरुसँग छलफल गरिरहेका छौं ।’
कृषि बीमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफुहरु लागि परेको भन्दै सचिव कार्कीले कृषि ज्ञानकेन्द्र मार्फत यस विषयमा किसानहरलाई सूचना दिनुपर्ने बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहमा अनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एक रुपताआउने र दोहोरपना घट्ने बताएका छन् ।

उहाँले कोभिड १९ को कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको बताए। विदेशी राष्ट्रले गरेका कृषिका प्राटिक्सलाई सिक्दै अगाडीबढाउँदै जानुपर्ने उनको भनाई छ । उहाँले प्राङ्गारिक, जैविकमललगायतका कृषि सम्बन्धी राम्रा कार्यक्रमहरु आए पनि त्यो प्रयाप्त भने नभएको बताए । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट तुलनात्मक रुपमा सन्तोषण जनक रहेको उनको भनाइ छ । उहाँले आर्थिक अध्यादेश प्रमाणीकरमा सरकारले कृषकहरुलाई छुटको दायरा बढाएको बताए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकाअध्यक्ष तथा बरिष्ठ उद्यमी पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पु¥याउनु आवश्यक रहेको बताएका छन्।

उनले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषक सम्म पुग्न नसकोको बताए । कृषिमा सीप, मल, कृषियन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै आएपनि केहि नहुने बताए । उनले कृषिको प्रशोधन, उत्पादन भएका बस्तुको बजारीकरणका लागि संरचना बनाउनुपर्ने जानकारी दिए । कृषि कर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषिका लागि आन्दोलन नै आबश्यक भएकोमा जोड दिए। ‘उत्पादन गर्ने व्यक्ति सबै समानछन्् सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यबसायमा विकास भएन, यसका लागिआन्दोलन नै गर्नु परे पनि म तयार छु’

सोही कार्यक्रममा वरिष्ठ कृषि उद्यमी गुणचन्द्र विष्टले कृषिको बजेट परम्परागत भन्दा माथि जान नसकेको बताए । उहाँले सरकारले ल्याएको बजेटमा पैसा थुपार्ने भन्दा केहि नयाँ कार्यक्रम नदेखिएको उल्लेख गरे । ‘कृषिमा बजेट केहि पनि छैन, ६० प्रतिशत कृषिमा आश्रीत हुँदा बजेट ३ प्रतिशत पनि छैन’ उनले भने। त्यस्तै कफी व्यबसायी महासंघका संस्थापक अध्यक्ष एवं कफी उद्यमी ढकेश्वर घिमिरेले कफि क्षेत्रमा नीतिगत, अनुसन्धान तथा उत्पादन बढाउने विषयमा समस्या भएको बताए।

मिडिया इन्टरनेसनलकाअध्यक्ष माधव निर्दोषको अध्यक्षतामा भएको कार्यक्रममा कृषकहरु फनिनारायण अर्याल, गोविन्द प्रसादआचार्य, बुद्धलामा, भोजराजश्रेष्ठ, नारायण प्रसाद पंगेनी, यम कार्की, राजन गैरे, सरिता श्रेष्ठ, शान्तलामा, मायातिवारी, श्रीकृष्ण अधिकारी, पृथ्वी भुजेल लगायतले कृषिमा अनुदान आए पनि पहुँचवालाको हालि मुहाली भएको भन्दै साना किसानको पहुँच राज्य सँग पुग्न नसकेको गुनासो गरेका थिए।

तपाईको प्रतिक्रिया