एक पटक परिक्षा छुटे फेरी दिन पाइने : त्रि.वि.

काठमाडौं । महामारीको अवस्थालाई आंकलन गर्दै त्रि.वि.ले अगामी साउन मसान्त भित्र सबै किसिमका परिक्षा सञ्चालन गरिसक्ने निधो गरेको छ । सोही अनुरूप अहिले परिक्षा प्राथमिकता अनुसार अनलाइन परिक्षा फारम खुलाएको छ । महामारी नियन्त्रणमा नआए र परिक्षा सञ्चालन अनलाइनबाट गर्नका लागि समेत त्रि.वि.ले अध्ययन गरिरहेको छ । परिक्षा फारम संकलन गरिसकेपछि घरबाट वा पायक पर्ने क्याम्पसबाट परिक्षा सञ्चालन गर्ने भनेर त्रि.वि. ले भन्दै आएको छ ।

यद्यपी विविध जटिलताका कारण अनलाइन परिक्षा सञ्चालन भइहाल्ने अवस्था छैन । कोरोना नियन्त्रणमा आए भौतिक उपस्थितिमा परिक्षा हुने सम्भावना बलियो छ । तर महामारीको हालको अवस्थामा सुधार नआए त्रि.वि.ले अनलाइनबाटै भएपनि परिक्षा सञ्चालन गर्नुपर्ने बाध्यता आइलाग्ने छ ।

अनलाइनबाट परिक्षा लिनुपर्ने र असहज परिस्थितिका कारण विद्यार्थीको परिक्षा छुट्न गएमा त्रि.विले त्यस्ता विद्यार्थीका लागि उपयुक्त समयमा फेरी परिक्षा गरिने जनाएको छ । तथापी परिक्षा कुन माध्यमबाट गर्ने भन्ने निक्र्योल नभएको अवस्थामा अहिले नै विद्यार्थी आत्तिहाल्नु पर्ने अवस्था भने छैन ।

तपाईको प्रतिक्रिया