काठमाडौँ- साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४५.७ अंकले घटेको छ।
सोमबार शेयर बजार १.५९ प्रतिशतले घटेर २७८२.८६ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ६.५० अंकले घटेर ५००.५५ विन्दुमा झरेको छ ।
आज सर्वाधिक शेयरमूल्य बढ्नेमा भने राधी हाईड्रो पावरको रहेका छन् । राधी हाईड्रो पावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर १२५६ मा कारोबार भएको हो । भने बरुण हाईड्रो पावरको शेयर मुल्य ९.५७ प्रतिशतले घटेर अन्तिम मूल्य रू ४२५ कायम भएको हो ।
आज १३ अर्ब ६० करोड ४६ लाख १९ हजार ४३१ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार राधी हाईड्रो पावरको भएको छ । उक्त कम्पनीको रू. ९१ करोड ८ लाख १९२ बराबरको शेयर कारोबार भएको छ ।
आज सबै परिसुचक घटेका छन् । म्युचुअल फण्डको परिसूचक झिनो अंकले बढेको छ ।