विद्युतिय गाडीमा ५ बर्ष नविकरण छूट दिइने

काठमाडौं । सरकारले विद्युतिय गाडी चढ्नेलाई ५ बर्ष नविकरण र सडक दस्तुर छूट दिने भएको छ । विद्युतिय सवारी साधन प्रोत्साहन गर्नका लागि सरकारले कार्यदल बनाएर अगामी ५ बर्षमा पट्रोलियम गाडीलाई विद्युतिय गाडीले विस्थापन गर्ने र त्यसका लागि विद्युतिय सवारी आयतमा समेत छूट दिने भनेको छ । सरकारले आज सार्वजनिक गरेको बजेट भाषण मार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया