काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ४८७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार ६ पीसीआर परिक्षणबाट ४ हजार ३३१ र ७४६ एन्टीजेन विधिबाट १७६ गरी कुल ४ हजार ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ११६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार८० जना निको भएका छन्।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ जना रहेका छन् ।





