राष्ट्रपतिद्वारा बजेट सम्बन्धी ३ वटा अध्यादेश जारी

काठमाडौँ- शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी ३ अध्यादेश जारी गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

राष्ट्रपतिले आर्थिक अध्यादेश , २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

तपाईको प्रतिक्रिया