कहिले हुन्छन् लोक सेवाका परिक्षा र नतिजा प्रकाशनको काम ? थाहा पाइराख्नुहोस्

काठमाडौं । अहिले लोक सेवाबाट लिइने सबै परिक्षा र नतिजा प्रकाशन ठप्प छन् । लोक सेवाका परिक्षा र नतिजा प्रकाशन गर्ने कार्य महामारीका कारण मात्र रोकिएका हैनन् । महामारी शुरूहुन अघि नै अर्थात चैत १० गते लोक सेवाका पदाधिकारीको पदावधि सकिएपछि लोक सेवाबाट हुने परिक्षा र नतिजा प्रकाशनका काम रोकिएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार संवैधानिक निकायमा पदावधि सकिन्न भन्दा एक महिना अघि नै नयाँ पदायिधकारी सिफारिस गर्नुपर्ने भएपनि त्यसो हुन सकेन । संवैधानिक परिषद् सम्बन्धी विधेयक निष्क्रिय भएपछि प्रतिष्थापन विधेयक ल्याएर सरकारले हालसालै मात्र लोक सेवा आयोगमा पदाधिकारी सिपारिस गरेको छ । संविधानको व्यवस्था अनुसार सिफारिस भएका पदाधिकारीलाई संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोन गर्नुपर्ने हुन्छ । तर अहिले प्रतिनिधिसभा पुन: विघटन भएकाले संसदीय सुनुवाई समितिबाट सुनुवाई हुने अवस्था छैन । संसद नभएको अवस्थामा सिफारिस भएका पदाधिकारीले सिफारिसको मितिले ४५ दिने कटेपछि पदभार ग्रहण गर्ने व्यवस्था छ ।

संसद पुर्नस्थापना हुन पनि केही समय लाग्ने र यदी नभए पदभार ग्रहण गर्न अझै एक महिना लाग्ने भएकाले अबको एक महिना परिक्षा र नतिजा कुनैपनि कार्यक्रम अघि बढ्न सक्ने अवस्था छैन् । संसद पुर्नस्थापना भए सुनुवाई समितिबाट नभए ४५ दिन कटेपछि मात्र पदाधिकारी आउने भएकाले अझै लोक सेवा कुरेर बसेकाहरूले थप समय कुनुपर्ने भएको छ । संसद पुर्नस्थापना भएपछि वर्तमान सरकारको बर्हिगमन हुने र नयाँ सरकार आउने तर संवैधानिक परिषद् सम्बन्धी अघि बढ्न नसके लोक सेवाका परिक्षा शुरू र नतिजा आउन थप समय लाग्ने निश्चित छ ।

लोकसेवाले पदाधिकारी नहुँदा अधिकृत स्तरको नतिजा प्रकाशन गर्न सकेको छैन भने कतिपय परिक्षा सञ्चालनकै क्रममा रोकिएका छन् । त्यस्तै विज्ञापन गरेर फारम बुझेका परिक्षाको पनि अत्तोपत्तो छैन ।

तपाईको प्रतिक्रिया