काठमाडौं । आज सरकारले अगामी आर्थिक बर्ष ०७८/०७९ बजेट सार्वजनिक गर्दै छ । यहीबीचमा कर्मचारी वृत्तमा तलब बढ्ने नबढ्ने चर्चा पनि छ । कतिपयले महामारीका कारण तलब सुविधा नबढ्ने भनेका पनि छन् ।
दुई बर्षदेखि कर्मचारीको तलब नबढेका कारण सरकारले तलब बढाउने विषयमा छलफल पनि गरेको थियो । एकमुष्ट प्रतिशतका आधारमा तलब बृद्धि गर्ने कि ग्रेड अनुसार तलब बृद्धि गर्ने भन्ने विषयमा पनि बजेट निर्माणका क्रममा छलफल चलेको थियो । बजेट निर्माणकै क्रममा कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि स्रोत जुटाउन मुस्किल पर्ने भएकाले कर्मचारीको् तलब बढाउने या नबढाउने भन्ने विषयमा दुविधा रहँदै आएको छ ।
केपी ओली नेतृत्वको सरकारले चुनावलाई केन्द्रीत गर्दै कर्मचारीको केही प्रतिशत तलब बृद्धि गर्ने र बृद्धभत्ता समेत बढाउन सक्ने आंकलन भने गरिएको छ ।