काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ९५१ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १९ हजार ३१३ पीसीआर परिक्षणबाट ६ हजार ८५५ र ७९७ एन्टीजेन विधिबाट ९७ गरी कुल ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ९ हजार ८४१ जना निको भएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ४ लाख २८ हजार ६७० जना पुगेको छ। मृतकको कुल संख्या ७ हजार ४७ जना रहेको छ ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ जना रहेका छन् ।