देशभर ६ हजार ९३९ जनामा संक्रमण पुष्टी, १०६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ९३९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार ४१४ पीसीआर परिक्षणबाट ६ हजार ७३१  र ५७८ एन्टीजेन विधिबाट २०८ गरी कुल ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १०६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ७ हजार २२६ जना निको भएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ भने निको हुनेको संख्या ४  लाख १८ हजार ८२९ जना पुगेको छ। मृतकको कुल संख्या ६ हजार ९५१  जना रहेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ७४७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया