काठमाडौँ- गत जेठ ७ गते दोस्रो पटक भएको संसद विघटन बिरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा आज सुनुवाइ हुदै छ ।
संसद विघटन बिरुद्ध जम्मा ३० वटा निवेदन दर्ता भएका छन् । अन्तरिम आदेश माग गरिएको १९ रिटमाथि आज सुनुवाइ हुदै छ । बाँकि ११ वटा रिट संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएकाको हकमा भोलि शुक्रवार सुनुवाईको लागि पेसी तोकिएको छ ।
रिटमा संसद पुनः स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गरिएको छ ।