चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदान दिने

काठमाडौँ- चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदान दिने घोषणा गरेको छ ।

बुधबार नेपालका लागि चीनकी राजदूत होउ याङ्चीले ट्वीटरमार्फत उक्त जानकारी गर्दै चीनले अनुदानमा त्यस्तो खोप उपलब्ध गराउने जनाएकी छन्।

यस अघि नेपालले चीनबाट कोरोनाभाइरस विरुद्धको आठ लाख डोज खोप प्राप्त गरिसकेको छ।

तपाईको प्रतिक्रिया