काठमाडौँ- नेपालमा नयाँ भेरियन्ट सहित कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको दोस्रो लहर बढ्दै गएपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार निषेधाज्ञा लगाईएको जिल्ला ७५ पुगेका छन् । जस मध्ये कुनै जिल्लामा पूर्ण निषेधाज्ञा लागु भएको छ भने केहि जिल्लामा केहि क्षेत्रमा मात्र निषेधाज्ञा लगाईएको छ।
सरकारले संक्रामक रोग निर्मूल तथा रोकथाम गर्न आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिएको थियो।
अब आदेश जारी नगर्ने जिल्लामा ‘खोटाङ र मनाङ मात्र’ छन् । ति जिल्लाले पनि सङ्क्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
नेपाल सरकारको गत बैशाख १२ गतेको निर्णय अनुसार पनि काठमाडौँ उपत्यका र तराईका जिल्लाहरुमा ५०० भन्दा बढी र पहाडी र हिमाली जिल्लाहरुमा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा आवश्यकता अनुसार नियमन तथा नियन्त्रणका लागी आदेश गर्न सक्ने व्यवस्था गरेको थियो ।
कुन जिल्लामा पूर्ण र कुन जिल्लामा आंशिक आदेश गरेको छ: हेर्नुहोस् सूची





