काठमाडौँ- आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
राष्ट्रपतिले नेपाली नागरिकता (पहिलो संसोधन) अध्यादेश , २०७८ जारी गरेकी हुन् ।






