परिक्षा कुन विधिबाट गर्ने भन्ने विषयमा त्रि.वि मा आज छलफल हुदै

काठमाडौं । कोरोनाका कारण रोकिएका परिक्षा साउन मसान्तभित्रै सम्पन्न गर्ने निर्णय गरेको त्रि.वि.ले आज कुन विधिबाट परिक्षा सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्दै छ । देशमा कोरोना संक्रमण बढ्दै गएपछि कुन विधिबाट कसरी परिक्षा सञ्चालन गर्ने भन्ने अन्योलमा त्रि.विले अहिले यस सम्बन्धमा छलफल गर्न लागेको हो । त्रि.वि.ले महामारीको जोखिम कायम रहे अनलाइनबाटै पनि सम्भावना हेरर परिक्षा सञ्चालन गर्ने तर महामारी कम हुदै भौतिक उपस्थितिमा परिक्षा सञ्चालन गर्ने बारे छलफल गर्नेछ ।

सेमेष्टर प्रणालीमा अध्ययरत विद्यार्थीलाई अनलाइनबाट परिक्षा सञ्चालन गर्न केही सम्भावना देखिएपनि बार्षिक प्रणाली अनुसारका विद्यार्थीलाई अनलाइनबाट कक्षा सञ्चालन गर्न अझै कठिन हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया