काठमाडौ । महामारीका कारण रोकिएका सबै परिक्षा साउन मसान्त भित्र सकिसक्ने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको छ । त्रि.वि. पदाधिकारीको शुक्रबारको बैठकले बाँकी परीक्षा साउन सम्ममा सम्पन्न गर्ने गरी तयारी गर्ने निक्र्योल गरेको हो ।
२०७६ मा स्नातकमा भर्ना भएका विद्यार्थीले २ बर्ष वित्न लाग्दा समेत अहिलेसम्म परिक्षा दिन पाएका छैनन् । तर अनलाइनबाट अघिल्ला बर्षका कक्षा सञ्चालन गर्न भने त्रि.वि.ले निर्देशन दिएको छ ।