काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ९८० जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १९ हजार ३५७ पीसीआर परिक्षणबाट ८ हजार ५९१ र ७४८ एन्टीजेन विधिबाट ३८९ गरी कुल ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप १२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ८ हजार ८४८ जना निको भएका छन्।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ जना रहेका छन् ।





