काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको परिक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । विभागको विहीबारको निर्णय अनुसार अर्को सूचना नआउँदासम्म परिक्षा नहुने भएको हो । विभागले अर्को परिक्षा तालिका महामारी नियन्त्रणमा आएपछि १५ दिनको समयावधि राखेर सञ्चालन गर्ने भनेको छ । यसअघि भन्सार एजेन्टको परिक्षा जेठ २२ गतेलाई तय गरिएको थियो ।