काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको महन्थ ठाकुर समूहको समर्थन पाउनका लागि जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरिसकेका छन् । विधिसम्मत विश्वासको मत नलिई कानूनको धज्जी उडाएर संविधानको धारा ५ मा प्रवेश गराएका ओलीले जसपाकै महन्थ ठाकुर समूहको साथ लिएर फेरी प्रधानमन्त्री बन्ने दाउमा छन् ।
यसका लागि उनले गृहकार्य समेत थालेका छन् । विहीबार मन्त्रिपरिषद् बैठक लगत्तै जसपाका महन्थ ठाकुर र राजेन्द्र महत्तो ओलीलाई भेट्न बालुवाटार पुगेको थिए । ठाकुर समूहले आफ्ना माग पूरा भए ओलीलाई साथ दिने प्रतिबद्धतता जनाएको छ ।
सोही अनुसार ओलीले ठाकुर समूहलाई खुसी पार्न जन्मका आधारमा बंशजको नागरिकता दिने अध्यादेश ल्याउने तयारी गरेका हुन् । यस हिसाबले अब ओली फेरी आफ्नो सत्ता टिकाउन जसपाको महन्थ ठाकुर समूहलाई प्रयोग गर्ने दाउमा छन् ।