देशभर ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टी, १९० जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ३०५ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा  २१ हजार ६९५ पीसीआर परिक्षणबाट ८ हजार २२७ र ३९० एन्टीजेन विधिबाट ७८ गरी कुल ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ५४३ जना निको भएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६६ हजार ९४३ जना पुगेको छ। मृतकको कुल संख्या ५ हजार ८४३ जना रहेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया