राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्पराज कडेल पुनःनियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषाझा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको हो।
पुनःनियुक्ति पश्चात आज विहिबार सिंहदरवारमा सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष श्री केपी शर्मा ओली समक्ष सपथ ग्रहण गरेका हुन्।

सपथ ग्रहण पश्चात माननीय उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहु वर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया