आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री र शिक्षामन्त्री बिरुद्ध कांग्रेसले दियो उजुरी

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।

बुधबार बसेको नेपाली कांग्रेस संसदीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले मौन अवधिमा आफ्ना पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन भएको बताएको छ ।

नेपाली कांग्रेसले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ  ‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’

तपाईको प्रतिक्रिया