नयाँ प्रजातिका भाईरसको लागि पनि यो खोप प्रभावकारी छ: स्वास्थ्य मन्त्रालय

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रजातिका भाईरसलाई पनि अहिले लगाईरहेको खोप प्रभावकारी नै रहेको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जगेश्वोर गौतमले हालसम्म प्राप्त जानकारी अनुसार अहिले फैलिएको नयाँ प्रजातिका भाईरसलाई पनि खोप प्रभावकारी रहेको बताउदैं खोप लगाएका व्यक्तिहरुमा यो प्रजातिको संक्रमण हुँदा मृत्यु हुने र सिकिस्त हुने दर खोप नलगाउने व्यक्तिको तुलनामा एकदम कम रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया