देशभर ८ हजार २०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार २०३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार २८६ पिसिआर परिक्षण र ६९३ एन्टीजेनबाट कुल ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ८९१ जना निको भएका छन्। नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना रहेका छन् ।

Published On:  289पटक हेरिएको

तपाईको प्रतिक्रिया