त्रि.वीले अनलाइनबाटै भर्ना लिने

 

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा अनलाइन माध्यमबाट विद्यार्थीको नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ । यस क्रममा विज्ञान तथा शिक्षाशास्त्र सङ्कायले अनलाइनबाटै भर्नाको तयारी सुरु गरिसकेका हुन् । विज्ञान सङ्कायले जेठभरि फाराम भरेर असारमा प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । मानविकी तथा व्यवस्थापनमा परीक्षाफल प्रकाशन हुन बाँकी रहेकाले भर्ना खुल्न सकेको छैन । मानविकी सङ्कायमा स्नातक तह तेस्रो वर्ष तथा व्यवस्थापनमा चौथो वर्षको नतिजा प्रकाशन हुन सकेको छैन । परीक्षा सकेर उत्तरपुस्तिका सङ्कलन गर्दाकै अवस्थामा बन्दाबन्दी गर्नु परेकाले समस्या भएको जोशीले बताउनुभयो । ती दुवै तहको परीक्षाफल छिटो प्रकाशन गर्ने तयारी भइरहेको जनाइएको छ ।

यो समाचार आजको गोरखापत्रमा दैनिकमा प्रकाशित छ ।

Published On:  1744पटक हेरिएको

तपाईको प्रतिक्रिया