झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई केयूको सिफारिश

काठमाडौँ- झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई काठमाडौं विश्वविद्यालय (केयू)ले सिफारिश गरेको छ ।

काठमाडौँ विश्वविद्यालयको ८९ औं बैठकले बी एण्ड सीलाई मेडिकल कलेज एंड रिसर्च सेन्टरलाई सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।सिफारिसपत्रमा विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको बताएको छ ।

बैशाख ३१ मा सम्पन्न कार्यकारी परिषद्को ६२५ औं बैठकले चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

सिफारिस पत्र

तपाईको प्रतिक्रिया