काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ हजार २ सय ४७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २१ हजार ६५३ पिसिआर परिक्षण र ४३४ एन्टीजेनबाट कुल ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ५ हजार ७६७ जना निको भएका छन्।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० जना रहेका छन् ।