कुनै अस्पतालले अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्छौं भन्नु गलत: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै अस्पतालले अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्छौं भन्नु गलत रहेको बताएको छ ।  छ ।

सोमबार मन्त्रालयले जारी गरेको सुचनामा कुनै अस्पतालले अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्छौं भन्ने सुन्नमा आएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउदै यस्तो नगर्न/ नगराउन अनुरोध गरेको छ । कसैले यस्तो गरेको पाईएमा नियमानुसार कारवाही हुने समेत जनाएको छ।

तपाईको प्रतिक्रिया