सबै किसिमका परिक्षा सकेर जेठ भित्रै नतिजा प्रकाशन गर्न निर्देशन (सूचनासहित)

काठमाडौं । महानगरभित्र सञ्चालनमा रहेका विद्यालयहरूलाई जेठ २० भित्र परिक्षा सकेर जेठ महिनाको अन्तिमसम्ममा नतिजा प्रकाशन गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । विद्यालयहरूलाई अनलाइन, टेलिफोन वा इमेलको माध्यमबाट परिक्षा सञ् चालन गरी जेठ अन्तिममा नतिजा प्रकाशित गर्न महानगरको शिक्षा विगागले सूचना जारी गरेको हो ।

यो सूचना एसईई र कक्षा १२ हकमा भने लागु हुने छैन । शैक्षिक सत्र खेर जान नदिन यस किसिमको कदम चालिएको महानगरले आफ्नो सूचनामा प्रष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया