एक पटक कोरोना संक्रमण भएका र खोप नलगाएकालाई कति जोखिम हुन्छ ? संक्रामक रोग विशेषज्ञ शेरबहादुर पुनका ५ महत्वपूर्ण टिप्स

काठमाडौ । गत साल कोरोनाको पहिलो लहरमै कोरोनाबाट संक्रिमत भएकालाई पुन कोरोना हुन्छ कि हुदैन भन्ने चासो अहिले आम मानिसको छ । एक पटक कोरोना संक्रमण भएकाको शरिरमा एन्टीबडी बन्ने मान्यता आधरमा कम्तीमा ३ महिनासम्म पुन संक्रमण नहुने भनाइहरू बाहिर आहिरहेका छन् ।

एक पकटक कोरोना भइसकेका मानिसले खोप लगाउनुपर्छ कि पर्दै वा लगाउँदा के हुन्छ ? खोप लगाउन नपाएकालाई कति जोखिम छ ? यसै विषयमा केन्द्रीत रहेर संक्रामक रोग विशेषत्र डाक्टर शेरबहादुर पुनसँग गरिएको कुराकानीमा आधारित ५ महत्पूर्ण टिप्स ।

१. एक पटक कोरोना संक्रमण भएका मानिसलाई निको भएको ३ महिनासम्म अर्को पटक संक्रमण हुने खतरा रहँदैन । किनभने एकपटक संक्रमित भएको व्यक्तिको शरिरमा एन्टीबडी विकास हुने र एन्टीबडीले कम्तीमा पनि ९० दिनको अवधि सम्म काम गर्ने भएकाले यो अवधिमा संक्रमणको जोखिन रहँदैन ।

२. एक पटक कोरोना संक्रमति भएको व्यक्तिले निको भएपछि पनि खोप भने लगाउनुपर्दछ । एन्टीबडीले समिति समयसम्म मात्र काम गर्ने भएकाले दीर्घकालीन रूपमा सुरक्षित रहन खोप उपयुक्त माध्यम हो ।

३. एक पटक कोरोना संक्रमण भएको व्यक्तिलाई पुन कोरोना संक्रमाण भएमा पहिला भन्दा कम खतरा रहन्छ । किनभने संक्रमतिको शरिरमा रहने एन्टीबडी र एन्टीबडी कमजोर बनिसकेपछि पनि शरिरमा रहने एन्टीबडीको नमूनाहरूले पुन संक्रमति भएमा केही राहत दिने हुन्छ । 

४. कोरोनाको दुवै डोज खोप लगाएको व्यक्ति भने हदैसम्म सुरक्षित रहन सक्छ र कोरोना संक्रमित भइहाले पनि एकाध वाहेकको जटिल परिस्थिति सृजना नहुने विश्लेषण डाक्टर पुनको छ । 

५. अहिले कोरोना खोप लगाउन नपाएकाहरू सबैभन्दा बढि जोखिम रहेका छन् । खोपले मानिसको शरिरिमा कोरोना प्रतिरोधी क्षमता विकास गर्ने भएकाले कोरोना नियन्त्रण र रोकथाममा खोप अचुक अस्त्र भएको डाक्टर पुनको भनाइ छ ।

तपाईको प्रतिक्रिया