काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १ सय ६७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ९ सय ८७ पिसिआर परिक्षण र ५ सय ७७ एन्टीजेनबाट कुल ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप १८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ५ हजार ४ सय ५५ जना निको भएका छन्।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ३६ जना रहेका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ सय ७ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ जना पुगेको छ। मृतकको कुल संख्या ४ हजार ८ सय ५६ जना रहेको छ ।