प्रधानमन्त्री ओलीको मन्त्रीमण्डल पुरानै, कसलाई के जिम्मेवारी?
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा तथा गोपनियताको शपथ लिए लगत्तै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गरेका हुन् ।
ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीमण्डलमा पुरानै मन्त्रीले निरन्तरता पाएका हुन्।