काठमाडौँ- सीईडीबी हाईड्रोपावर कम्पनि लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज ११ बजे हुने भएको छ। कम्पनीले सर्वसाधारणलाई बैशाख १७ गते देखि २१ आवेदन दिन खुल्ला गरेको थियो।
आज हुने बाँडफाँडमा गोला प्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । जसमा १६ लाख ३७ हजार ६ सय ५९ जनाले आवेदन दिएका थिए । 
कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला गरेको थियो । जस मध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको थियो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।





