बैंकले अत्यावश्क सेवा मात्र प्रदान गर्ने, ५० हजार भन्दा बढी रकम मात्र बैंकमा डिपोजिट गर्न पाईने

काठमाडौँ-  नेपाल बैंकर्स एसोसिएसनको बैठकले अत्यावश्यक सेवा मात्रै दिने निर्णय गरेको हो। जस अनुसार खातामा ५० हजार भन्दा माथि मात्र  नगद जम्मा गर्ने सकिने व्यवस्था गरेको  छ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिए संगै सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर
गर्दै  एसोसिएसनले ग्राहकहरु लाई डिजिटल बैंकिङ्गको प्रयोग गर्नुहुन अनुरोध गरेको छ । डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

संघले  बिहिबार विज्ञप्तिमार्फत सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समयभर उपलब्ध हुने बताएको छ ।

ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरुमा भिड–भाड नगर्न तथा जोखिम कम गर्नका निमित्त निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाहरु मार्फत निम्न अनुसार अत्यावश्क सेवा मात्र प्रदान गरिने व्यहोरा जानकारी गराएको छ ।
जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक/आइपिएस/आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै प्रदान हुने भएको छ।

तपाईको प्रतिक्रिया