थप ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टी, २१४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ९ सय ६० जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १९ हजार ४ सय ७४ पिसिआर परिक्षण र ७ सय ७१ एन्टीजेनबाट कुल ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

२४ घण्टामा २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ५ हजार ५५ जना निको भएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना रहेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ जना पुगेको छ। मृतकको कुल संख्या ४४६६ जना रहेको छ ।

तपाईको प्रतिक्रिया