काठमाडौँ- ग्राण्डी ईन्टरनेशनल हस्पिटलले अक्सिजन अभावका कारण थप बिरामी भर्ना नलिने भएको छ ।
नेपाल सरकारको नियम अनुसार दैनिक १०० सिलिण्डरमात्र अक्सिजन प्राप्त हुने भएकाले चाहे अनुसार थप बिरामीको भर्ना गरी उपचार गर्न असमर्थ छौं।” अक्सिजनको मात्रा प्राप्त भए मात्र नयाँ बिरामी भर्ना गर्न जनाएको छ।






