एकै दिन ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टी, १३९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ हजार २ सय ७१ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ६ सय २३ पिसिआर परिक्षण र ७ सय ८८ एन्टीजेनबाट  कुल ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या ४ लाख ३ हजार ७ सय ९४ जना पुगेका छन् भने ३ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ४ हजार  ७ जना निको भएका छन् । अहिले सम्म निको हुनेमा ३ लाख ६ हजार ७ सय ९४ जना रहेका छन् ।

नेपालमा सक्रिय संक्रमित ९३ हजार १ सय ४१ रहेका छन् ।

तपाईको प्रतिक्रिया